ताजा समाचार


रामेछापमा थप चार जना कोरोना मुक्त : कोरोना मुक्त हुनेको संख्या २ सय २ पुग्यो

 नेपाल बाहक    १० पुष २०७७, शुक्रबार १४:०३     374 जनाले पढ़िसके

रामेछाप । रामेछापमा थप चार जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यलय रामेछापका अनुसार शुक्रबार मन्थली नगरपालिका चार जना कोरोना मुक्त भएका हुन् । कोरोना मुक्त हुनेमा ३२ र ३० बर्षकि महिला र ४१ र ३४ बर्षका पुरुष रहेको स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ ।
शुक्रवार कोरोना मुक्त हुने सहित रामेछाप दुई सय २ जना कोरोना मुक्त भएका छन् । भने एक जना गोकुलगंगा गाउँपालिकाले निमाण गरेको आइसोलेसनमा रहेको जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्वास्थ्य कार्यलय रामेछापका अनुसार २२ सय ६७ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गर्दा २ सय ३ जनाको रिर्पोट पोजेटिभ आएको थियो ।
हाल सम्म जिल्ला अस्पताल रामेछापमा ९ जना, मन्थली नगरपालिकामा १०१ जना, रामेछाप नगरपालिकामा २८ जना, उमाकुण्ड गाउँपालिकामा २ जना,खाडादेबि गाउँपालिकामा ३ जना, गोकुलगंगा गाउँपालिकामा २७ जना, दोरम्बा गाउँपालिकामा ३ जना, लिखुतामाकोसि गाउँपालिकामा २० जना र सुनपाति गाउँपालिकामा १० जनामा कोरोना पोजेटिभ आएको स्वास्थ्य कार्यलय रामेछापले जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।