रामेछाप । रामेछाप जिल्लाको खाडादेबि गाउँपालिका पकरबासमा भ्युटावर बन्ने भएको छ । बागमति प्रदेश सरकारको सहयोगमा भ्यु टावर बन्न लागेको हो ।
करीव २ करोेड ८९ लाख ६३ हजार ७ सय ७२ रुपियाँको लागतमा बन्न्न लागेको भ्युटावरको जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का र खाडादेबि गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तमाङ शुक्रवार संयुक्त रुपमा शिलान्यास गर्नु भएको हो ।
भ्युटावरको शिलान्यास गर्दै जिल्ला समन्वय समितिका प्रमुख खड्काले भ्युटावरले जिल्लामा आन्तरिक तथा वाह्य पर्यटकहरुको विकास गरि जिल्लाकै आर्थिक वृद्धिमा सहयोेगी हुने बताउनुभयो । गाँउपालिका अध्यक्ष प्रेम बहादुर तमाङले भ्युटावर निर्माणपछि रामेछाप,दोलखा,सिन्धुली र काभ्रे जिल्लाका अधिकांस भागहरुको दृश्यावलोकन गर्न सकिने भएकाले गाँउपालिकाको प्रमुख पर्यटकिय केन्द्रबिन्दु बन्ने विश्वास व्यक्त गर्नुभयो ।
९ सय ५० मिटर खुड्कीला सहित पाँचतले भ्युटावर र शौचालय सहित २०७८ जेठ महिना सम्म निर्माण सम्पन्न गर्ने गरी सुनकोशी कन्ट्रक्सनसंग निर्माण सम्झौता भएको छ ।