ताजा समाचार


रामेछापमा प्रचण्ड–नेपाल समुह बैठक : १४ गते गरिने प्रदर्शनलाइ प्रभावकारी बनाउने

 नेपाल बाहक    १२ पुष २०७७, आईतवार १९:२१     293 जनाले पढ़िसके

रामेछाप । रामेछापमा प्रचण्ड–नेपाल समुह बैठक बसेको छ । रामेछाप सदरमुकाम मन्थलीमा प्रचण्ड–नेपाल समुहका केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज देवशकंर पौडेल, केन्द्रीय सदस्य एवं जिल्ला सह–इन्चार्ज श्यामकुमार श्रेष्ठ, केन्द्रीय सदस्य युवराज चौलागाई, जिल्ला अध्यक्ष मैन कुमार मोक्तान, जिल्ला सचिव शान्ति पौडेल लगायतको सहभागीतामा आइतबार बैठक सम्पन्न भएको हो ।
बैठकले संसद विघटनको विरुद्धमा पुस १४ गते हुने प्रदर्शनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । बैठकले पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओली गरेको संसद विघटन संविधान , जनमत र देशको हित विपरित रहको ठहर गर्दे त्यसका विरुद्धमा गरिने सङ्घर्षका कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको नेकपा रामेछापका अध्यक्ष मैन कुमार मोक्तान (मदन)ले जानकारी दिनुभयो ।