ताजा समाचार


रामेछापमा थप २५ जनाको स्वाब संकलन : २ जना आइसोलेसनमा

 नेपाल बाहक    १४ पुष २०७७, मंगलवार १६:०३     222 जनाले पढ़िसके

रामेछाप । रामेछापमा थप २५ जनाको स्वाब संकलन गरिएको छ । स्वास्थ्य कायलय रामेछापले मंगलवार जारी गरेको प्रेस बिज्ञप्ति अनुसार मन्थली नगरपालिकाका १० जना, रामेछाप नगरपालिकाका १३ जना र जिल्ला अस्पताल रामेछापका २ जनाको स्वाब परिक्षण गरिएको हो । जिल्लामा फन्डलाइनमा बसेर काम गर्ने स्वास्थ्य कर्मि र सुरक्षा कर्मी र कैदि बन्दीहरु प्नि स्वाव संकलन गरी परिक्षणको लागि पठाइएको हो ।
स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थय निरिक्षक भुवन थापाका अनुसार ८ जना स्वास्थ्य कर्मी, ९ जना सुरक्षाकर्मी, ३ जना कैदि र ५ जना सर्वसाधरणको स्वाब संकलन गरी परिक्षणको लागि सिन्धुली कोभिड अस्पतालमा पठाइएको छ ।
यो संगै रामेछापमा २२ सय ६९ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको छ । जस मध्ये २ सय पाचँ जनाको रिर्पोट पोजेटिभ आएको थियो । हाल सम्म रामेछापमा २०३ जना कोरोना संक्रमितले कोरोनालाई जितेका छन् भने २ जना आइसोलेसनमा रहेको स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।