ताजा समाचार


प्रभु लाइफको ओपनिङ्ग रेन्ज ३३८ सम्म हुने सक्ने

 नेपाल बाहक    १६ पुष २०७७, बिहीबार १७:५७     398 जनाले पढ़िसके

काठमान्डौँ । कम्पनीको शेयर सूचीकरणको सबै प्रकृया सकिएपछि मात्रै नेप्सेले ओपनिङ्ग रेन्ज निर्धारण गर्ने गरेको छ । तर सामान्यतय कम्पनी विवरणपत्र अनुसार रहेको बुक भ्यालुको ३ गुणा सम्म ओपनिङ्ग रेन्ज तोक्न सकिने व्यवस्था छ ।
गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर बुक भ्यालु ११२ रुपैयाँ ९४ पैसा छ । त्यस अनुसार कम्पनीको शेयरको न्यूनतम ११२ देखि ३३८ रुपैयाँको हाराहारीमा कारोबार खुल्न सक्ने अनुमान गर्न सकिन्छ ।
कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले निष्काशनमा ल्याएको थियो ।
कम्पनीको शेयर शुक्रबार भित्रै नेप्सेमा सूचीकृत भए आइतबारदेखि दोस्रो बजारमा कारोबार आउनेछ ।