रामेछाप । रामेछाप जिल्लामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार रामेछापका दुई स्वास्थ्यकर्मी सहित ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यलय रामेछापलले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा स्वास्थ्य कार्यालय रामेछापमा कार्यरत ३० वर्षीय पुरुष स्वास्थ्यकर्मी, प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा कार्यरत २१ वर्षीया महिला स्वास्थ्यकर्मी र नेपाली सेनाका २९ वर्षीय पुरुषमा कोराना सङ्क्रमण भएको हो ।
शुक्रवार थप भएका संगै जिल्लामा सङ्क्रमितको सङ्ख्या २०९ जना पुगेको छ संक्रमित मध्ये दुई सय तीन जना कोरोना मुक्त भएका छन् ।