ताजा समाचार


रामेछापमा कोरोना संक्रमण हुनेको संख्या दुई सय १६ पुग्यो

 नेपाल बाहक    १८ पुष २०७७, शनिबार १९:०२     249 जनाले पढ़िसके


रामेछाप । रामेछापमा कोरोना संक्रमितको संख्या दुइ सय १६ पुगेको छ । शनिबार रामेछापमा थप सात जनामा कोरोना संक्रमण भए पछि संक्रमितको संख्या दुई सय १६ पुगेको हो । जिल्ला स्वास्थ्य कार्यलय रामेछापका अनुसार संक्रमित मध्ये दुई सय तीन जना कोरोना मुक्त रहेका छन भने १३ जना आइसोलेसनमा रहेका छन् ।
शनिबार दोरम्बा गाउँपालिकामा कार्यरत २३,२६ वर्षकी महिला र २६ वर्षका पुरुष स्वास्थ्यकर्मी र दोरम्बा गाउँपालिका वडा नं ६ की २९ र ४० वर्षकी महिला , १३ वर्षीय बालक,दोरम्बा गाउँपालिका वडा नं ५ ३४ वर्षीया महिलामा संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यलय रामेछापले जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।