ताजा समाचार


ताजा जनादेशबाट पनि नेकपाले दुई तिहाई बहुमत ल्याउछ : मन्त्री ढुगेल

 नेपाल बाहक    २२ पुष २०७७, बुधबार १६:४८     462 जनाले पढ़िसके

रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजन मन्त्री एवं नेकपाका केन्द्रीय सदस्य कैलाश ढुंगेलले ताजा जनादेशबाट पनि नेकपाको दुई तिहाई बहुमता आउने बताउनु भएको छ । बुधबार जिल्ला कमिटी रामेछापको बैठक एवं भेलालाई सम्बोधन गदैँ उहाँले यस्तो बताउनु भएको हो ।
प््राधानमन्त्री केपि शर्मा ओलीले संविधान बचाउनको लागि बाध्य भएर संसद बिघटन गर्नु परेको बताउदै जनादेशबाट नेकपाले दुई तिहाई बहुमत ल्याउने मन्त्री ढुगेलले बताउनु भयो ।
मन्त्री ढुगेलले प्रधानमन्त्री ओलीले गरेको कामबाट आत्तिएकाहरु विक्षिप्त भएर सडकमा पुगेको बताउनु भयो । प्रधानमन्त्री ओलील नेपालीको शिर उच्च बनाउने काम गरेको समेत उहाँको जिकिर थियो ।