रामेछाप । नेपाल कम्युनिष्ट पाटि नेकपाका नेता तथा नेपाल सरकारका उप प्रधानमन्त्री इश्वर पोखरेलले नेकपा कार्यकर्तालाई निर्बाचनको तयारीमा लाग्न अग्रह गर्नु भएको छ । नेकपा रामेछापको बुधवार मन्थलीमा भएको तेस्रो जिल्ला कमिटि बैठक तथा भेलालाई सम्बोधन गदैँ पोखरेलले यस्तो आग्रह गर्नु भएको हो ।
भेलालाई सम्बोधन गदैँ पोखरेले संसद बिघटन पुनः स्थापना हुने कुराको बिश्वास नगर्न समेत अग्रह गर्नु भयो । उहाँले ताजा जनदेशमा जानु लोकतान्त्रीक पद्घती भएको बताउदै प्रधानमन्त्रीले बिशेष अधिकारको प्रयोग गर्नु भएको समेत बताउनु भयो ।
उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीको ६४ प्रतिशत औपचारिक वैधानिक हैसियत पनि खारेज नभएको बताउनु भएको छ । निर्वाचनको मिति घोषणा भएसँगै आफूहरुले चार वटौ सुरक्षा निकायका सुरक्षा प्रमुखहरु, राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख र निर्वाचन आयोगका आयुक्तसँग छलफल गरिकेको बताउँदै उहाँले सुरक्षा निकायले आ–आफ्ना ठाउँमा निर्देशन गराइसकेको उहाँले बताउनु भएको छ । साथै उहाँले रामेछापका जिल्ला कमिटीका पदाधिकारीहरुलाई पनि निर्वाचनको तयारी जुट्न निर्देशन दिनुभएको छ । यसैबीच, उहाँले वैधानिकताका आधारमा नेकपा नफुटेको उहाँले बताउनु भएको छ ।