ताजा समाचार


आजबाट चन्द्रागिरी हिल्सको आईपीओ बिक्री खुला

 नेपाल बाहक    २४ पुष २०७७, शुक्रबार १६:३१     334 जनाले पढ़िसके

चन्द्रागिरी हिल्स लिमिटेडले आज बाट सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर निष्काशन ल्याएको हो ।
त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। त्यसपछि बाँकी रहने कुल १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणले आवेदन दिन सक्नेछन्।