रामेछाप । सिन्धुलीमा एक ट्रक चालक माथि निर्घात कुटिएका छन् । बिहिबार राती ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नं ४ स्थायि घर भएका २८ वर्षीय लिलबाहादुर भुजेललाई बिना कारण निर्घात कुटपिट भएको हो । महोत्तरीबाट सामान लिएर रामेछाप आउने क्रममा एक जना ट्रक चालकलाई सिन्धुलीमा कर्मचारीहरुले बिना कारण निर्घात कुटपिट् गरेको पिडित भुजेलले जनाकारी दिए ।
भुजेललाई बिहिबार राति १०ः३० बजेको समयमा सिन्धुलीको गोलन्जोर गाउँपालिका र कमलामाई नगरपालिकाको सिमाना सोला भन्ज्याङ्ग कुटपिट गरीएको हो ।
महोत्तरीबाट रामेछापको मन्थली नगरपालिका तर्फ आउदै बा ५ ख २४२५ नंम्बरको ट्रकका चालकलाई इमानुयल कन्ट्रक्सन प्रा.लि का कर्मचारीहरुले चिर्पट प्रहार गरि घाइते बनाएका हुन् ।
भुजेलले ल्याएका सामानहरुको भ्याट् बिलसमेत कर्मचारीहरुले जफत गरेका छन् । चिर्पटको कुटाईबाट भुजेलको आँखामा गम्भिर चोट् लागेको छ । उनले शुक्रबार आफूलाई कुट्पिट् भएको भन्दै इलाका प्रहरी कार्यालय खुर्कोट्मा निवेदन दिएका छन ।