रामेछाप । नेपाली काग्रेसले संसद बिघटन बिरुद्घ शनिबार देशभर नै बिरोध प्रर्दशन गरेको छ । । संसद विघटनलाई असंवैधानिक कदम भन्दै देशका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो । नेपाली काग्रेस रामेछापले पनि आज रामेछापका दुबै निबार्चन क्षेत्रमा बिरोध प्रर्दशन गरेको छ । रामेछाप काग्रेसले रामेछाप जिल्लाको निबार्चन क मा मन्थली नगरपालिका वडा न ३ ठाटिको चौर रामेछाप निबार्चन ख मा मन्थली नगरपालिका ७ भटौलिमा बिरोध प्रर्दशन गरेको हो ।
बिरोध प्रर्दशनमा काग्रेस रामेछापका सभापति लवश्री न्यौपाने, पुर्वसभापति रामचन्द्र खड्का, रामेछाप क्षेत्र ख का सभापति बिनोद कार्कीले संम्बोधन गर्नु भएको थियो ।