ताजा समाचार


कालिन्चोकमा लेक लागेर मकानपुरकी महिलाको निधन

 नेपाल बाहक    २५ पुष २०७७, शनिबार १६:५०     520 जनाले पढ़िसके

दोलखा । दोलखाको प्रसिद्ध धार्मिकस्थल कालिञ्चोक मन्दिर दर्शनका लागि मकवानपुरबाट आएकी एक महिलाको मृत्यु भएको हो । मकवानपुरको फापरबारीकी ३३ वर्षीया सम्झना रोक्का मगरको आज मृत्यु भएको हो । कालिञ्चोक मन्दिर दर्शनका लागि परिवारसहित हिजो बेलुका कुरी बजार पुगेर संगिता होटलमा बास बसेकी रोक्का मगर आज बिहान सामान्य विरामी भएकी थिइन् । वेहोस अवस्थामा चरिकोटस्थित सामुदायिक अस्पताल पु¥याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । अस्पताल पु¥याउनु अगावै उनको मत्यु भइसकेको सामुदायिक अस्पताल चरिकोटका एमडिजिपि डाक्टर अमोघ बस्न्यातले बताउनुभयो । कम उचाईमा बस्ने मानिसहरु एक्कासी धेरै उचाईमा पुग्दा लेक लाग्ने र फोक्सो तथा मष्तिकमा पानी जमेर मृत्यु भएको हुनसक्ने सम्भावना प्रचुर रहेको उहाँको भनाई छ । धैरै उचाईको ठाउँमा यात्रा गर्दा एक दिनमा ३ सय ५० मिटर भन्दा बढी यात्रा गर्न स्वास्थ्यका लागि जोखिम हुने उहाँले बताउनु भएको छ । खासगरी चिसो मौसममा धेरै उचाईको स्थानमा यात्रा गर्दा सावधानी अपनाउनु पर्ने डाक्टर बस्न्यातको सुझाव छ ।