ताजा समाचार


रामेछाप नगरपालिका स्तरीय व्याडमिन्टन प्रतियोगिता हुदैँ

 नेपाल बाहक    २७ पुष २०७७, सोमबार १५:०६     855 जनाले पढ़िसके

रामेछाप । रामेछापको रामेछाप नगरपालिकामा नगर स्तरीय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । रामेछाप नगरपालिकाले आउदो माघ ९ गते देखि व्याडमिन्टन प्रतियोगिता गर्नलागेको हो । प्रतियोगितामा दुई बिधामा खेलाइने खेलमा सिनियर र जुनियर अन्तर्गत प्रतिस्पर्धा गराइने छ ।
सिनियर तर्फ प्रथम हुने जोडीलाई नगद ८ हजार सहित मेडल, प्रमाण पत्र दिइने । द्वितिय हुनेलाई ६ हजारको साथमा मेडल र प्रमाण पत्र पाउने छन् । भने तृतिय हुनलाईे ४ हजार नगदसहित मेडल, प्रमाण पत्र पाउने छन् । सान्तोना हुनेले नगद ३ हजारसहित मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।
सिनियर तर्फ एकल खेलमा प्रथम पुरस्कार हुनेले नगद ६ हजार सहित मेडल, प्रमाण पत्र दिइने छ । द्वितिय हुने बिजेताले नगद ४ हजारको साथमा मेडल र प्रमाण पत्र पाउने छन् । ै तृतिय हुने ३ हजार नगदसहित मेडल, प्रमाण पाउने छन् । त्यस्तै सान्तोना हुने एकल प्रतियोगिले पनि नगद २ हजारसहित मेडल र प्रमाण पत्र पाउने छन् ।