ताजा समाचार


रामेछापमा २०९ जना कोरोना संक्रमित कोरोना मुक्त

 नेपाल बाहक    २७ पुष २०७७, सोमबार १७:५५     355 जनाले पढ़िसके

रामेछाप । रामेछापका दुई सय नौ जना कोरोना सङ्क्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । सोमबार दुई जना स्वास्थ्यकर्मी र २ जना नेपाली सेनाका जवान डिस्चार्ज भएसँगै जिल्लामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या दुई सय नौ जना पुगेको हो । हालसम्म जिल्लाका विभिन्न स्थानीय तहबाट दुई हजार पाँच सय तेइस जनाको नमुना स्वाव संकलन गरी पीसिआर विधिबाट कोरोनाको परीक्षण गरिएकोमा दुई सय १९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अहिले जिल्लाको दोरम्बा गाउँपालिकामा नौ जना र मन्थली नगरपालिकामा एक जना गरी जम्मा दश जनाको आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । दुई हजार तीन सय चार जनाको रिपोर्ट नेगिटिभ आएको जनस्वास्थ्य अधिकृत थापाले बताउनु भएको छ । अब, दुई जनाको स्वाव रिपोर्ट आउन बाँकीा रहेको स्वास्थ्य कार्यालय रामेछापद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।