रामेछाप । विपद् व्यवस्थापनका कार्यलाई प्रभावकारी बनाउने बारेमा रामेछापमा छलफल भएको छ । सोमबार जिल्ला प्रशासन कार्यलय रामेछापमा जिल्ला विपद् व्यवस्थापन समितिको जिल्ला स्तरीय बैठकमा सो बिषयमा छलफल भएको हो । बैठकमा पालिका स्तरीय र वडा तथा विद्यालय स्तरमा गठित विपद् व्यवस्था समितिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने बारेमा छलफल भएको हो ।
स्थानीय सरकार लगायत सरोकारवाला निकायसङ्ग आवश्यक छलफल गरेर जिल्लाका सवै तहमा बनेका विपद् व्यवस्थापन समितिहरुको कामलाई प्रभावकारी बनाइने निर्णय भएको जिल्ला विपद् व्यवस्थापन समिति रामेछापका संयोजक एवं प्रमुख जिल्ला अधिकारी अर्जनुन कुमार शर्माले बताउनुभयो ।
उहाँले नेपाली सेना , सशस्त्र प्रहरीका विपद व्यवस्थापन सम्बन्धि तालिम प्राप्त दक्षजनशक्तिबाट जिल्लामा बनेका विपद् व्यवस्थापन समितिहरुलाई आवश्यक तालिम तथा सचेतना मूलक कक्षाहरु सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो । विपदसङ्ग जोडिएर जिल्लाका विभिन्न स्थानमा सञ्चालित हाइड्रोपावरसङ्ग सम्बन्धित गुनासाहरु आएकाले त्यस्ता समस्या समाधानका लागि तत्काल लाग्ने प्रजिअ शमाले बताउनु भयो ।