रामेछाप । रामेछापका ६४ वटै वडामा हेलिप्याड निमार्ण गरिने भएको छ । रामेछापका ८ वटा स्थानिय तहका प्रत्येक वडामा हेलिप्याड निमाण गर्न लागिएको हो । बिपद् तथा अन्य आस्मिक बेलामा उदारको सहजताका लागि हेलिप्याड निमार्ण गर्न लागिएको हो ।
एक वडा एक हेलिप्याड निर्माणको अभियानलाई सवै स्थानीय तहहरुले कार्यान्वयनमा ल्याउने सोमबारको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको हो । जिल्लामा विपद् व्यवस्थापन र आपत्कालीन उद्धारको कामलाई व्यवस्थित बनाउन हेलिप्याड निर्माणको कार्यलाई अगाडि बढाइएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले बताउनुभयो ।
विपद् व्यवस्थापनमा खोज, उद्धार र राहत वितरणको कामलाई प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समितिमार्फत ‘एक वडा, एक हेलिप्याड’ निर्माणको अवधारणा अगाडि सारिएको छ उहाँले भन्नुभयो । स्थानीय तहसँग समन्वय गरेर काम अगाडि बढाउने बताउदै विपदपछिको उद्धारको लागि हेलिप्याड अत्यन्तै आवश्यक भएको उहाँको भनाई छ ।