ताजा समाचार


नगरप्रमुख बस्नेतले पत्रकारलाई गालिगलोज गरेको भन्दै पत्रकार महासंघ रामेछापको आपत्ति

 नेपाल बाहक    १ माघ २०७७, बिहीबार १४:५७     330 जनाले पढ़िसके

रामेछाप । मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले रामेछापका पत्रकारलाई तल्लो स्तरको गाजिगलोज गरेको भन्दै पत्रकार महासंघ रामेछापले आपति जनाएको छ । उनले नगरपालीकाको आठौँ नगरसभामा पत्रकारलाई खाना र लिन पाउने भए मात्र लाइने लागेर आउने भन्दै गालिगलोज गरेका बिहिबार जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रेस बिज्ञप्तिमा मन्थली नगरपाालिकामा लाईन लागेर खान र पैसा लिन जाने पत्रकारहरुको नाम सार्वजनिक गर्न नगरपालिका प्रमुख रमेश कुमार बस्नेतलाई चुनैती समेत दिएको छ । गत पुस २८ गते मंगलबार मन्थली नगरपालिकाको आठौं नगर सभामा नगर प्रमुख वस्नेतले आफ्ना धाराणा राख्ने क्रममा नगरसभामा पत्रकारहरुको अनुपस्थितिको विषयलाई लिएर व्यक्त असान्र्धभिक, अनैतिक र अशोभनिय सार्वजनिक भनाई प्रति ध्यानाकर्षण भएको जनाउदै पत्रकार महासंघ लगायतका पत्रकारहरुका सङ्घसंगठनहरुले यस्तो चुनौती दिएका हुन् ।
विहीबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), नेपाल फोटो पत्रकार महासंघ, राष्ट्रिय दलित पत्रकारसंघ नेपाल, क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे),सञ्चारिका समुह रामेछाप र रिपोर्टस क्लब नेपालले संयुक्त रुपमा विज्ञप्ति निकालेर यस्तो चुनाौती दिएक हुन् । पत्रकार महासंघ र अन्य छ वटा पत्रकारका संघसंगठनहरुले जारी गरेको विज्ञप्तिमा नगर प्रमुखले नगरसभाको कार्यक्रममा बोल्दै पत्रकारहरुलाई खान र लिन पाउने भए लाईन लागेर आउथे, अन्यथा कार्यक्रममा किन आउथे ? भन्दै तल्लो स्तरको उपमा दिएको कुराले समग्र पत्रकार र पत्रकारीता पेशा प्रति अपमान गरेको ठहर छ भनिएको छ । विज्ञप्तिमा जिल्लामा पत्रकारिता गरिरहेका कुनैपनि व्यक्ति लाईन लागेर पैसा लिन या खान मन्थली नगरपालिकामा नगएको स्पष्ट पार्दै यदि कोहि पत्रकार खान र लिनका लागि नगरपालिकामा गएको भए तीनका नाम सार्वजनिक गर्न चुनौति दिन चाहन्छौं भनिएको छ ।