ताजा समाचार


रामेछाप सम्पर्क समिति दक्षिण कोरियाद्धारा छात्रा वृतिवितरण

 नेपाल बाहक    ३ माघ २०७७, शनिबार १३:००     512 जनाले पढ़िसके

रामेछाप । रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले मन्थली नगरपालिका भित्र रहेको जेहेन्दार तथा विपन्न परिवारका बिद्यार्थिलाई छात्रालाई छात्राबृति प्रदान गरेका छन् ।
रामेछाप बाट रोजगारी तथा अध्ययनको शिलसिला दक्षिण गएका समुहले मन्थली नगरपालिकाका २ जना बिद्यार्थिलाई छात्राबृति बितरण गरेको हो ।
रुद्राक्षश्वर माध्यामिक विद्यालय मुगिटारमा कक्षा ७ मा अध्यानरत छात्र साजन रम्तेल र स्थानापती माध्यामिक विद्यालय पुरानागाँउमा अध्यान्रत छात्रा दुर्गा पुलामि मगरलाई समाजको तर्फबाट १० हजारको दरले आएको रकम मन्थली नगरपालिका निमिक्त प्रमुख प्रशासकिय अधिकृत तथा शिक्षा शाखा प्रमुख हेमन्त बुढाथोकीले मन्थली नगरपालिकाको कार्यालयमा वितरण गर्नु भएको हो । रकम वितरण गर्दै बुढाथोकीले आएको रकमको सहि सदुपयोग गर्दै रकम प्राप्त गर्ने बालबालिकाको शैक्षिक विकासको लागि आवश्यक पर्ने शैक्षिक समाग्रीमा लागाउन अभिभावकहरुलाई अनुुरोध गर्नु भयो । साथै बुढाथोकीले दक्षिण कोरियामा बसेर जिल्लाको आर्थिक अवस्था कमजोर रहेका बालबालिकाको शिक्षाको विकासको लागि छात्रावृ तिप्रदा नगर्ने रामेछाप सम्पर्क समिति दक्षिण कोरिया परिवारलाई मन्थली नगरपालिकाको तर्फ बाट धन्यवाद समेत प्रदा नगर्नु भएको छ ।