ताजा समाचार


संसद विघटन बिरुद्ध रामेछाप काग्रेसको आठ वटै स्थानियतहमा बिरोध प्रर्दशन

 नेपाल बाहक    ३ माघ २०७७, शनिबार १६:१५     267 जनाले पढ़िसके

रामेछाप । संसद विघटना बिरुद्घ नेपाली काग्रेस रामेछापले बिरोध प्रर्दशन गरेको छ । संसद बिघटन संबिधान बिपरीत भन्दै संसद पुनस्थापनाको लागि रामेछाप काग्रेस रामेछापले शनिबार रामेछापका आठ वटै स्थानिय तहमा बिरोध प्रर्दशन गरेको हो ।
जिल्लाको गोकुलगंगा गाउँपालिकामा नेपाली कांग्रेस जिल्ला सभापति लवश्री न्यौपाने , सु नापति गाउँपालिकामा पूर्वसभापति रामचन्द्र खड्का , मन्थली नगरपालिकामा जिल्ला सचिव लेखबहादुर कार्की , रामेछाप नगरपालिकामा कोषाध्यक्ष कुमार श्रेष्ठ , दोरम्बा गाउँपालिकामा महासमिति सदस्य पुर्ण बहादुर तामाङ(कान्छारा)को प्रमुख आतिथ्यतामा विरोध प्रदर्शन गरिएको नेपाली कांग्रेस रामेछापले जनाएको छ ।
विरोध प्रदर्शनमा बोल्दै नेताहरुले संविधानको रक्षा,लोकतन्त्रको संस्थागत विकास र सरकारको प्रतिगामी कदमका विरुद्धमा अझै सशक्त आन्दोलनको आवश्यक रहेकोमा जोड दिएका थिए । आठवटै स्थानीय तहमा भएको विरोध प्रदर्शनमा सहभागि नेता तथा कार्यकर्ताहरूले प्रतिनिधि सभा विघटन र सरकारका विरुद्धका विभिन्न नारा लगाएका थिए । पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशभ जस्तै रामेछापका पनि सवै स्थानीय तहमा प्रदर्शन गरेको हो ।