ताजा समाचार


कृषिमा बैदेशिक लगानी खुल्ला गर्ने निर्णय फिर्ता गर्न डेरी उद्योगिको माग

 नेपाल बाहक    ३ माघ २०७७, शनिबार १७:०२     263 जनाले पढ़िसके

रामेछाप । कृषिमा बैदेशिक लगानी खुल्ला गर्ने निर्णय फिर्ता गर्न डेरी उद्योगीले माग गरेका छन् । शनिबार मन्थलीमा पत्रकार संमेलन गदैँ कृषिमा बैदेशिक लगानी भित्राउने निणर्य फिर्ता लिन सरकार संग माग गरेका हुन् ।
नेपाल डेरी एशोसिएसनले शनिबार रामेछाप सदरमुकाम मन्थलीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी यस्तो माग गरेको हो । नेपालमा स्थापित कृषि क्षेत्र सक्षम हुँदाहुँदै नेपाल सरकारको मन्त्रिपरिषदले स्वदेशी लगानीलाई प्रभाव पार्ने गरी कृषि क्षेत्रमा सर्तसहित डेरी उद्योग, पशुपंक्षीपालन, माहुरी पालन, माछापालन, फलफूल तरकारी आदी र कृषिका प्राथमिक उत्पादनसँग सम्बन्धित व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानी एफडिआई खुला गर्ने गरी गरेको निर्णय तत्काल फिर्ता गर्न माग गरेको हो ।
कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी खुल्ला गर्ने गरी २०७७ पुस २० गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाले यस उद्योग व्यवसायसँग आबद्ध सबै किसान तथा उद्योगीहरुको गम्भीर ध्यानकर्षण भएको जारी विज्ञप्तीमा भनिएको छ ।
देशको वर्तमान अवस्थामा माहुरीपालनमा चार अर्ब, माछापालनमा करिब ११ अर्ब, डेरी उद्योगमा ३० अर्ब र दाना तथा कुखुरा पालनमा ४० अर्ब गरी कुल ८५ अर्बको लगानी भई करिब १५ लाख भन्दा बढी कृषक तथा श्रमिकहरुले रोजगारी पाइरहेको सन्दर्भमा यसरी नीजि क्षेत्रको अर्बौंको लगानी भएको अवस्थामा प्रमुख सरोकारवालासँग कुनै सर–सल्लाह विना राष्ट्र र किसानको हितविपरित अपारदर्शी रुपमा गरिएको निर्णयले राष्ट्रको अर्थतन्त्रमा गम्भीर दीर्घकालीन असर पर्ने देखिएको जारी विज्ञप्तीमा उल्लेख छ ।
गत वर्ष २०७५ सालमा कृषिमा विदेशी लगानी खुल्ला गर्ने निर्णय मन्त्रीपरिषदबाट आएकोमा अधिकांश कृषिसँग सम्बन्धित संघ संगठनहरुको विरोधपछि संसदीय समितिको पहलमा संसदबाट नै खारेज भएको सन्दर्भमा अहिले संसद विघटन भइसेको अवस्थामा उद्योग मन्त्रालयले अध्यादेश मार्फत राजपत्रमा सूचना प्रकाशित गरिसकेको उल्लेख गर्दै उक्त निर्णय अविलम्ब फिर्ता लिई स्वदेशी किसान र उद्योगीलाई आन्दोलन गर्नबाट रोकी सुचारु रुपमा पेशा वा व्यवसाय गर्न पाउने अवसरको सुनिश्चितता गर्न सरकारसँग एशोसिएसनले माग गरेको छ ।