ताजा समाचार


चिरञ्जीवी डेरीको १०औं वार्षिक उत्सव

 नेपाल बाहक    ३ माघ २०७७, शनिबार १८:०६     254 जनाले पढ़िसके

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा रहेको चिरञ्जीवी डेरीले आफ्नो १०औं वार्षिक उत्सव शनिबार मनाएको छ । नेपाल डेरी एशोसिएसनका केन्द्रिय अध्यक्ष राधाकृष्ण सापकोटाको प्रमुख आतिथ्यता एवम् अगुवा कृषक विष्णु सुवेदीको अध्यक्षतामा मन्थलीमा एक कार्यक्रमको आयोजना गरी डेरीले आफ्नो १०औं वार्षिक उत्सव मनाएको हो । वि।सं। २०६७ साल माघ ४ गते स्थापना भएको डेरीले रामेछापका स्थानीय कृषकहरुको दुध संकलन र प्रशोधन गर्दै आएको छ । अहिले अत्याधुनिक मेशिनरी उपकरणको जडान गरी उद्योगको रुप लिइसकेको त्यस डेरीमा दूग्धजन्य परिकार तथा सामाग्रीहरु समेत उपलब्ध छ । डेरीसँग १६५ जना कृषकहरु आबद्ध रहेका छन् । दैनिक एक हजार पाँच सय लिटर दूध खपत गर्दै आएको मन्थलीको चिरञ्जीवि डेरीले वार्षिक रुपमा करिब २ करोड बराबरको आर्थिक कारोबार गर्ने गरेको चिरञ्जीवि डेरीका सञ्चालक भानुभक्त श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मन्थली नगरपालिका पशु शाखामा कार्यरत मुकुन्द खड्का र रोहिणीराज चापागाइँ लाई सम्मान गरिएको छ । त्यसैगरी विभिन्न विधामा उत्कृष्टता हासिल गर्नुहुने २१ जना कृषकहरुलाई सम्मान स्वरुप उपहार प्रदान गरिएको थियो ।