ताजा समाचार


रामेछापमा मतदाता नामावली अद्यावधिक गदै निर्बाचन कार्यलय

 नेपाल बाहक    ७ माघ २०७७, बुधबार १८:२०     276 जनाले पढ़िसके


रामेछाप । निबार्चन कार्यलय रामेछापले मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु गरेका छ । निर्बाचन कार्यलय रामेछापले बुधबार मन्थलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सो बिषयमा जनाकारी दिएको हो । कार्यलयले नामावली दोहोरोवन र त्रुटी भएका मतादातको नामावली अद्यावधी सुरु भएको जनाकारी दिएको हो ।
जिल्ला निर्बाचन कार्यलय रामेछाप द्घरा आयोजना गरेको कार्यक्रममा आगामी बैशाख १७ र २७ गते हुने निर्वाचनको तयारी समेत सुरु भएको जनाकारी गराइएको थियो । नेपाल सरकारले निर्वाचन तालिका सार्वजनिक गरेसँगै निर्वाचनको तयारी शुरुवात गरेको हो ।
जिल्ला निर्बाचन कार्यलय रामेछापका निर्बाचन अधिकृत शम्भु कटुवालका अनुसार स्थानिय तहमा माघ १५ गतेदेखी २१ गतेसम्म र जिल्ला निर्वाचन कार्यालयमा माघ १५ गतेदेखी २६ गतेसम्म मात्रै मतदाता नामावली अद्यावधिक गर्न सकिने छ ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा गुरागाईले निर्वाचनको तयारीमा जुट्न सबैलाई निर्देशन दिनु भएको छ । निर्वाचनको तयारीको विषयमा आवश्यक प्रचारप्रसार गरिदिन सञ्चारमाध्यमहरुलाई पनि प्रजिअ शर्माले आग्रह गर्नु भएको थियो । साथै, उहाँले स्थानीय तह र पार्टी प्रतिनिधिहरुलाई समेत निर्वाचनको आवश्यक तयारीमा जुट्न आग्रह गर्नुभयो । कार्यक्रममा सहभागीहरुले निर्वाचन केन्द्र र स्थानका विषयमा पुर्नःविचार गरेर उपयुक्त स्थानमा तोक्नुपर्ने सुझाव दिएका थिए । हाल भइरहेका मतदान स्थलका विषयमा स्थानीय तहहरुबाट प्राप्त सुझावका आधारमा पुनः छलफल गरेर उपयुक्त स्थान कायम गर्नका लागि आवश्यक पहल उहाँले प्रतिबद्धता जनाउनुभयो ।
जिल्लामा २०७४ सालदेखि हालसम्म कायम रहेका मतदाताहरुको सङ्ख्या एक लाख ५२ हजार पाँच सय ५९ जना रहेका छन् भने एक सय ९१ वटा मतदान केन्द्र रहेका छन् । अब, एक लाख ६५ हजार चार सय दश जना मतदाता कायम हुने अनुमान गरिएको छ । यस्तै, दुई सय तीन वटा मतदान केन्द्र कायम हुने अनुमान गरिएको आयोगले जनाएको छ । हालसम्म एक हजार मतदाता रहेको स्थानमा एउटा मतदान केन्द्र तोक्ने व्यवस्था छ । प्रमुख जिल्ला अधिकारी शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का, पार्टी प्रतिनिधि, सुरक्षा निकायका प्रमुख र पत्रकारहरु लगायतको सहभागिता रहेको थियो ।