ताजा समाचार


रामेछापमा स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

 नेपाल बाहक    ८ माघ २०७७, बिहीबार १८:१०     326 जनाले पढ़िसके

रामेछाप । रामेछापमा स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहिबार मन्थलीमा अन्तरक्रिया कार्यक्रम भएको हो । मानब अधिकार संरक्षण संन्जाल रामेछाप र इन्सेकको आयोजनमा कार्यक्रम भएको थियो । कार्यक्रम मानब अधिकार संरक्षण सन्जालका संयोजक तथा अधिबक्ता पाण्डब प्रसाईको अध्यक्षता भएको थियो । कार्यक्रममा मानव अधिकारकर्मी, पत्रकार, शिक्षक तथा अन्य नागरीक समाजका अगुवाहरुको उपस्थीति रहेको थियो । 

कार्यक्रममा मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशब फुयालले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेका कार्यको बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रममा बोल्दै फुयालले मन्थली नगरपालीकाका १ सय १४ जनालाई कोरोना संक्रमण भएको जनाकारी दिनु भयो । उनिहरुको सामुदायिक तथा होमआइसोलेसनमा राखेर उपचार गरेको बताउनु भयो । उहाँले ३ सय ३० जना ब्यक्रिलाई क्वारेन्टिमा राखेरको समेत जनाकारी दिनु भयो ।

कार्यक्रममा बोल्दै फुयालले भ्यासिनको लागि फ्रन्टलाइनमा काम गर्नेको नामावली समेत पठाएको जनाकरी दिनु भयो । उहाँ स्वास्थ्यकर्मी, सफाईमा काम गर्ने र ७५ बर्ष नाधे जेष्ठ नागरीकको नाम पठाएको जनाकरी दिनु भयो ।