ताजा समाचार


नेकपा ओलि समुह द्धरा रामेछाप नगर कमिटि बिस्तार

 नेपाल बाहक    १० माघ २०७७, शनिबार १२:००     469 जनाले पढ़िसके

रामेछाप । नेपाल कम्युनिष्ट पाटि नेकपा ओली समुहले रामेछाप नगरपालीका कमिटि बिस्तार गरेको छ । बिस्तारित नगरकमिटिमा संयोजकको जिम्मा डेक बहादुर तामाङ, सहसंयोजकमा निलकण्ड ढकाल र सचिवमा सुन्दर घिमिरेलाई जिम्मेवारी प्रदान गरेको छ । । शुक्रबार रामेछाप नगरपालिकामा आयोजना गरेको नगरकमिटी विस्तरित बैठक तथा भेला नगर कमिटि बिस्तार गरेको हो ।
शुक्रबार भएको नगर कमिटीको बैठकले यस अघिका पदअधिकारी मोतिबहादुर तामाङ, होतराज ढकाल, सदस्यहरु रोशन पाख्रीन, इन्दिरा बख्रेल, नरेशबाबु श्रेष्ठ लगायतका नेताहरुलाई हटाइएको हो ।
यसअघि नगर कमिटीको संयोजकमा मोति बुहादुर तामाङ र सहसंयोजकमा होतराज ढकाल रहनु भएको थियो । तामाङ र ढकालले समग्र पार्टीकै अहित हुने गरी वक्तव्यबाजी गर्नुको साथै अराजक गतिविधि अघि बढाउन थालेकाले मुख्य जिम्मेवार पदबाट हटाइएको सहसंयोजक निलकण्ड ढकालले बताउनुभयो ।