ताजा समाचार


मन्थली नगरपालीका द्धरा निमार्ण गरीएको स्थानिय पाठ्क्रम कार्यन्वयनको चरणमा

 नेपाल बाहक    १० माघ २०७७, शनिबार १२:१६     386 जनाले पढ़िसके

रामेछाप । मन्थली नगरपालीकाका शिक्षा साखा प्रमुख हेमन्त बुढाथोकिले नगरपालीकाले स्थानिय पाठ्यक्रमको निमाण गरी सकेको बताउनु भएको छ । शुक्रबार मनाव अधिकार संरक्षण सन्जालले गरेको एक कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । कार्यक्रममा बोल्दै बुढाथोकिले मन्थली नगरपालीकाले निमार्ण गरेको स्थानिय पाठ्यक्रम कार्यन्वयनको चरणमा रहेको समेत बताउनु भयो ।
शुत्रबार मन्थलीमा अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले आयोजनामा शिक्षाको अधिकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सम्पन्ना भएको थियो । कार्यक्रममा मानव अधिकार कर्मि , पत्रकार, शिक्षक, अधिवक्ता, बिद्यार्थि लगाएतको उपस्थीत रहेको थियो । कार्यक्रमका सहभागिहरुले सरकारले निशुल्क शिक्षा प्रदान गरिरहेको भनेपनि अझै केहि सामुदायिक विद्यालयहरुले विभिन्न शीर्षकहरुमा शुल्क लिने गरेको समेत अरोप लगाएका थिए ।
कार्यक्रमा छात्रवृत्ति लगायतका शीर्षकमा विद्यालयलाई प्राप्त हुने रकम अन्यन्त्रै खर्च गर्ने गरिएको र विद्यालयको भवन राम्रो बनेपनि सौचालय , सरसफाई लगायतका कुराहरु कमजोर रहेको गुनासो गरेका थिए ।
मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा अनौपचारिक सेवा केन्द्र (इन्सेक) का रामेछाप प्रतिनिधि तथा पत्रकार नवराज पथिकले सहजिकरण गर्नुभएको थियो । कार्यक्रमले सामुदायिक विद्यालयले कक्षा एकदेखी कक्षा आठसम्म कुनै पनि शुल्क लिन नपाउने गरी मन्थली नगरपालिकाले व्यवस्थापन गरेकाले कुनै पनि शीर्षकमा शुल्क लिएको पाइएमा नगरपालिकालाई जानकारी गराई नियन्त्रणका लागि सहयोगर्ने निर्णय पनि गरिएको छ ।