रामेछाप । मन्थली नगरपालीकाले सार्वजनिक जग्गा मिचेर बनाएका घरटहरा भत्काएको छ । शनिबार नरपालिकाले मन्थली बजारमा सार्वजनिक जग्गा मिचेर बनाएको घर तथा टहरा भत्काएको हो । नगरपालीकाले े देवकोटा चोक तथा बीपी चोक क्षेत्रमा रहेको घर टहरा भत्काइएको हो ।
मन्थली नगरपालीकाका प्रमुख रमेश कुमार बस्नेतको नेतृत्वमा गएको डोजर सहितको टोलीले शनिबार मन्थली बजारमा सार्वजनिक जग्गामा बनाइएको टहरा भत्काएको हो ।
अतिक्रमण गरी बनाइएका घटरहरा भत्काउन पहिला सूचना दिने, त्यसो गर्दा व्यक्तिले आफैँले नभत्काए नगरपालिकाले भत्काउने नगर प्रमुख रमेश कुमार बस्नेतले बताउनुभयो ।