ताजा समाचार


रामेछापका दुई सय १७ जना कोरोना संक्रमित कोरोना मुक्त

 नेपाल बाहक    १० माघ २०७७, शनिबार १६:१४     457 जनाले पढ़िसके

रामेछाप । रामेछापका एक सय १७ जना कोरोना संक्रमित कोरोना मुक्त भएको छ । स्वास्थ्य कार्यलय रामेछापका अनुसार हाल सम्म रामेछापमा दुई सय २० जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । जस मध्ये ३ जना मात्र अहिले आइसोलेसनमा रहेका छन् ।
२३ सय ५ जनामा पिसिआर बिधिबाट कोरोना परिक्षण गर्दा २ सय २० जनाको रिर्पोट कोरोना पोजेटिभ आएको स्वास्थ्य कार्यलय रामेछापले प्रेस बिज्ञप्ति जारी गरी जनाकारी दिएको छ । अहिले मन्थली नगरपालीकामा १ जना र दोरम्बा गाउँपालीका २ जना गरी ३ जना आइसोलेसनमा रहेको जारी बिज्ञप्तिमा उल्लेख गरीएको छ ।
स्वास्थ्य कार्यलय रामेछापका अनुसार हाल सम्म जिल्ला अस्पताल रामेछापमा १० जना, मन्थली नगरपालीकामा १०४ जना , रामेछाप नगरपालिकामा ३० जना,उमाकुण्ड गाउँपालीकामा २ जना,खाडादेबि गाउँपालीकामा ३ जना,गोकुलगंगा गाउँपालीकामा २७ जना, दोरम्बा गाउँपालिकामा १४ जना, लिखुतामाकोसि गाउँपालिकामा २० जना र सुनपाती गाउँपालीकामा १० जना गरी दुई सय २० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
हाल मन्थली नगरपालिका र दोरम्बा गाउँपालिकामा मात्र संक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ ।