ताजा समाचार


जर्बजस्ती करणीको आरोपमा वडाअध्यक्ष पक्राउ

 नेपाल बाहक    १० माघ २०७७, शनिबार १७:०६     266 जनाले पढ़िसके

रामेछाप । जर्बजस्ती करणी गरेको अरोपमा मन्थली नगरपालीका वडा न १० का वडा अध्यक्ष भरत बोहोरा पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त भक्तपुर ठिमीको पत्र अनुसार वडाध्यक्ष बोहोरालाई जिल्ला प्रहरी कार्यालय रामेछापले शनिबार पक्राउ गरेको हो । जबरजस्ती करणी गरेको आरोपसहितको जायरीपछि अदालतको अनुमति सहित महानगरीय प्रहरी वृत्त भक्तपुर ठिमीको पत्र अनुसार वडाध्यक्ष बोहोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाले जानकारी दिनुभयो । उहाँले ठिमी वृत्तमा परेको उजुरी र जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीको आधारमा वडाध्यक्ष बोहोरालाई पक्राउ गरिएको बताउनुभयो । घटनाबारे ठिमी वृत्तले नै थप अनुसन्धान गर्ने भएकाले वडाध्यक्ष बोहोरालाई ठिमी वृत्तको जिम्मा लगाइने उहाँले बताउनुभ