ताजा समाचार


रामेछापका सबै कोरोना संक्रमित कोरोना मुक्त

 नेपाल बाहक    ११ माघ २०७७, आईतवार १४:५९     342 जनाले पढ़िसके

रामेछाप । रामेछापका सबै कोरोना संक्रमित कोरोना मुक्त भएको छ । रामेछापमा २३ सय १४ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गर्दा २ सय २० जनामा कोरोना संक्रमण भएको थियो । स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य निरिक्षक भुवन थापाका अनुसार मन्थली नगरपालीकाका एक जना ५३ बर्षका पुरुष आइतबार कोरोना मुक्त भए संगै रामेछापका सबै संक्रमित निको भएको हुन् ।
स्वास्थ्य कार्यलय रामेछापका अनुसार हाल सम्म जिल्ला अस्पताल रामेछापमा १० जना, मन्थली नगरपालीकामा १०४ जना , रामेछाप नगरपालिकामा ३० जना,उमाकुण्ड गाउँपालीकामा २ जना,खाडादेबि गाउँपालीकामा ३ जना,गोकुलगंगा गाउँपालीकामा २७ जना, दोरम्बा गाउँपालिकामा १४ जना, लिखुतामाकोसि गाउँपालिकामा २० जना र सुनपाती गाउँपालीकामा १० जना गरी दुई सय २० जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
कोरोना संक्रमण रोकथामको लागी रामेछापमा २९ क्वारेनिटन र १०९ आइसोलन बेडको ब्यवस्था रहेको छ ।