ताजा समाचार


पुष्पलाल र मदन भण्डारी पछिको राज नेता ओली : नेकपा नेता बस्नेत

 नेपाल बाहक    १५ माघ २०७७, बिहीबार १६:२५     575 जनाले पढ़िसके

रामेछाप । नेकपा नेता महेश बस्नेतले प्रचण्डले काटमार अभियान चलाएर जनतालाई दुख दिएको आरोप लगाएका छन् । नेता बस्नेत बिहिबार मन्थलीमा युवा संघ नेपाल रामेछापले र अनेरास्वबियु रामेछापले गरेको बृहत बिद्यार्थि भेलामा यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै बस्नेतले केपि शर्माओलीले क्रान्तिकारी अभियान चलाएर जनतालाई संमृद्धि,बिकास र सुख दिएको बताएका हुन् । पुष्पलाल र मदन भण्डारी पछिको राज नेता केपि शर्माओली रहेको उहाँको भनाइ रहको थियो । कार्यक्रममा बोल्दै बस्नेतले पुष्पलाल श्रेष्ठ नेपाली कम्युनिष्ट आम्दोलनको शिखर ब्यक्ति हो । उहाँ पथ यात्रा केपि शर्मा ओली रहेको समेत बस्नेतले बताए ।
पुष्पलाल र केपि ओली पथ कहिले पनि नछोडने उनको भनाई रहेको थियो । सच्चा कम्युनिष्टका नेता कार्यकता संघर्स देखि नभाग्ने समेत बताएका थिए । युवा, बिद्यार्थिहरु क्रान्तिका सहायक शन्ति भएको नेता बस्नेतले बताए । कार्यक्रममा बस्नेतले ओलि सकारले प्रशस्त बिकास गरेको बताउनु भयो ।