बागमती प्रदेश । बागमती प्रदेशका ११ हजार ४६१ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् । खोप सुरु भएको दोस्रो दिन सम्म ११ हजार भन्दा बढि खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले सम्म कसैलाई पनि साइड इफेक्ट देखिएको छैन ।
पहिलोचरणमा स्वास्थ्यकर्मी, फोहोरमैला संकलक , एम्बुलेन्स चालक, तथा शववाहन चालक, खोप केन्द्रमा खटिने स्वास्थ्यकर्मी सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयं सेवकहरु, जेष्ठ नागरीक तथा फन्टलाइनमा काम गर्नेलाई लगाइएको हो ।