ताजा समाचार


छ महिनाको अवधिमा रामेछाप नगरपालीका द्धरा २१ लाख भन्दा बढि राजश्व संकलन

 नेपाल बाहक    १६ माघ २०७७, शुक्रबार १६:०७     445 जनाले पढ़िसके

रामेछाप । रामेछापको रामेछाप नगरपालीकाले ६ महिनाको अवधिमा २१ लाख एक हजार ५५६ रुपैया राजश्व संकलन गरेको छ । नगरपालीकाले बिभिन्ना शिर्षकमा पुष मसान्त सम्म २१ लख भन्दा बढि राजश्व संकलन गर्न सफल भएको जनाएको छ ।
नगरपालीकाले चालु आर्थिक वर्ष २०७७÷०७८ मा १५ करोड राजश्व असुल गर्ने लक्ष्य लिएको छ । नगरपालीकाले भूमिकर तथा मालपोत बापतको राजश्व दुई लाख ३८ हजार ११५ रुपियाँ, घर बहाल बापतको कर ३ नम्बर वडा कार्यालय साँघुटारबाट सात हजार आठ सय रुपियाँ र नगरपालिकाबाट ५४ हजार ८८५ रुपियाँ सङ्कलन गरिएको रामेछाप नगरपालिकाका सूचना प्रविधि अधिकृत दिपक कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सिफारिस दस्तुरबापत दुई लाख ९२ हजार ३९४ रुपियाँ र व्यक्तिगत घटना दस्तुरबाट ५७ हजार सात सय दश रुपियाँ, नाता प्रमाणित दस्तुरबाट ३४ हजार ६०० रुपियाँ, अन्य दस्तुरबाट एक लाख ८७ हजार ९९७ रुपियाँ, एकीकृत सम्पत्ति कर बापत एक लाख ४४ हजार ६९२ रुपियाँ, न्यायिक शुल्क बापत ५२० रुपियाँ र परीक्षा शुल्क बापत तीन हजार ५०० रुपियाँ राजश्व सङ्कलन गरेको छ ।
बेरुजु बापतको राजश्व वडा नम्बर ८ बाट ७१५ रुपियाँ, पाँच लाख रुपियाँको रजिष्टे«शन दस्तुरबाट एक लाख ८७ हजार रुपियाँ, बहाल करबाट १३ हजार रुपियाँ, व्यवसाय रजिष्टे«शन दस्तुरबाट तीन लाख २४ हजार २२ रुपियाँ, सरकारी सम्पत्तिको बहालबाट दुई लाख १५ हजार १५७ रुपियाँ, अन्य सेवा शुल्क बापत ८४ हजार १६५ रुपियाँ र अन्य प्रशासनिक सेवा शुल्क बापत १६ हजार ५०० रुपियाँ राजश्व सङ्कलन भएको रामेछाप नगरपालिकाले जनाएको छ ।
अहिलेसम्को अवधिमा सबैभन्दा बढी राजश्व वडा नं ७ बाट एक लाख ९४ हजार २७१ रुपियाँ सङ्कलन गरेको छ भने सबैभन्दा कम वडा नं १ बाट ६१ हजार ८७४ रुपियाँ सङ्कलन भएको छ । गत आर्थिक वर्ष २०७६÷०७७ मा नगरपालिकाले दश करोड ३२ लाख दुई हजार ९८६ रुपियाँ राजश्व सङ्कलन गरेको थियो ।