ताजा समाचार


गुणस्तरीय शिक्षा दिनु पर्नेमा मन्त्री ढुंगेलको जोड

 नेपाल बाहक    १७ माघ २०७७, शनिबार १८:०३     206 जनाले पढ़िसके

रामेछाप । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलास ढुंगेलले गुणस्तरीय शिक्षा प्रदान गर्नु पर्नेमा जोड दिनु पर्ने बताउनु भएको छ । बिद्यालय मात्रै राम्रा बनेर नहुने भन्दै उहाँले गुणस्तरीय र जिवन उपयोगि शिक्षामा जोड दिनु पर्ने बताउनु भएको हो । शनिबार मन्थली सहिद स्मृति बहुमुखि क्यापसको दोस्रो दोस्रो साधरण सभालाई सम्बोधन गदैँ मन्त्री ढुंगेलले यस्तो बताउनु भएको हो ।
कार्यक्रममा बोल्दै उहाँले अहिले रामेछापमा बिकासको लहर चलेको समेत बताउनु भयो । ढुंगेलले आफु मन्त्री बन्ने पछि जिल्लामा उल्लेखनिय बिकासका काम भएको समेत बताउनु भयो ।
कार्यक्रमा उहाँले ९ वटा पूर्वाधार लगाएका कार्यालयहरु रामेछापमा राख्न पाएको भन्दै खुसी ब्यक्त गरेका थिए । जिल्लामा कृषकहरुको हितका लागि समेत धेरै काम भएको बताउनु भयो । उहाँले जिल्ला चिस्यान केन्द्र बनाएको, प्रबिधिक शिक्षलय बनाएको कुरालाई इन्कित गदै शिक्षा स्वास्थ्य तथा बिकासको लागि यो सरकारले उल्लेखनिय काम गरेको दाबि गर्नु भएको थियो ।