ताजा समाचार


फ्रन्टलाईन काम गर्ने रामछापका ३ सय ५८ जनाले कोरोना बिरुद्धको खोप लगाए

 नेपाल बाहक    १७ माघ २०७७, शनिबार १९:१०     404 जनाले पढ़िसके

रामेछाप । अग्रपन्तीमा बसेर काम गर्ने रामेछापका ३ सय ५८ जनालाई कोरोना बिरुद्धको खोप लगाइएको छ । खोप अभियान सुरु भएको चौथो दिन सम्ममा ३ सय ५८ जनालाई कोरोना बिरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ ।
कार्यलयका अनुसार विभिन्न पालिकाको सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, सफाइकर्मी, सुरक्षाकर्मी, शववाहन चालक र एम्बुलेन्स चालक गरी ३५८ जनालाई कोरोना विरुद्धको खोप लगाइएको हो । स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य निरिक्षक भुवन थापका अनुसार खोप अभियान सुरु भएको पहिलो दिन बुधबार ३९ जना र दोस्रोदिन विहीबार ९० र तेस्रोदिन शुक्रबार १२० जना र चांैथोदिन शनिबार १२७ जनाले कोरोना विरुद्धको खोप लगाइएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा पहिलो चरणको खोप प्रयोगका लागि ५५४ जना सरकारी सेवामा खटिएका स्वास्थ्यकर्मी, ७० जना निजि स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी ,७५२ जना महिला स्वास्थ्य स्वयमसेविका ,३५ जना एम्बुलेन्स चालक, ४५ जना सुरक्षाकर्मी र २१ जना सरफाइकर्मीलाई गरी जिल्लाभरका एक हजार ४७७ जनाको नामावली पठाएको छ । बागमती प्रदेश सरकारले रामेछापका लागि एक सय ५९ भाइल खोप पठाएको छ ।