रामेछाप । रामेछापका उच्च भु–भागमा शनिबार हिमपात भएको छ । मौसम बदलिए संगै सनिबार दिउसोबाट हिमपात सुरु भएको हो । शनिबार हिमापत संगै रामेछापका हल्का पानी समेत परेको छ ।
श्निबार रामेछाप जिल्लाका उच्च भुभाग बाम्तीभण्डार, प्रिती, शिवालय र टोकरपुर लगायतका क्षेत्रमा हिउँ परेकोे होे । त्यस क्षेत्रमा शनिबार हिउँ परेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो ।
हिमपात संगै त्यस क्षेत्रमा बढेको चिसो बढेको छ । सदरमुकाम मन्थलीसहित जिल्लाका विभिन्न स्थानीय तहमा सामान्य वर्षा भइरहेको छ । आइतबारबाट मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।