ताजा समाचार


मन्थली नगरपालीकाद्धरा छ महिनाको अबधिमा डेढ करोड राजश्व संकलन

 नेपाल बाहक    २६ माघ २०७७, सोमबार १६:१७     339 जनाले पढ़िसके

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक बर्षको हाल सम्म डेढ करोड राजश्व संकलन गरेको छ । मन्थली नगरपालिकाका अनुसार छ महिनाको अबधिमा एक करोड ५१ लाख तीन हजार ६८२ रुपियाँ राजश्व सङ्कलन गरेको हो ।
नगरपालिकाले आर्थिक बष २०७७÷०७८ मा दुई करोड ६६ लाख रुपियाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । नगरपालिकाले यो वर्षको पौस मसान्तसम्ममा सबैभन्दा बढी ढुङ्गा, गिट्टी र वालुवाबाट राजश्व सङ्कलन गरेको मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस अवधिमा एकीकृत सम्पत्ति करबापत ४३ लाख ५६ हजार ९६० रुपियाँ, घर बहाल करबाट ९ लाख २१ हजार २३६ रुपियाँ, पार्कीङ शुल्क बापत पाँच लाख ९ हजार ६५ रुपियाँ, नक्सापास दस्तुर बापत तीन लाख २७ हजार ६९० रुपियाँ, सिफारिस दस्तुर बापत ८५ हजार रुपियाँ, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट २७ लाख ३३ हजार ९३० रुपियाँ, जलश्रोत सम्बन्धी दस्तुरबाट ५७ लाख रुपियाँ, प्रशासनिक दण्ड जरिवाना दस्तुरबाट ९९ हजार एकसय रुपियाँ, प्रदुषण नियन्त्रण शुल्कबाट एक लाख ९६ हजार रुपियाँ र अन्य करबाट एक लाख ७४ हजार सात सय रुपियाँ राजश्व सङ्कलन भएको छ । नगरको लक्ष्य अनुसारको राजश्व सङ्कलन गर्न अबको ६ महिनामा एक करोड ५४ लाख ७९ हजार ३९७ रुपियाँ राजश्व सङ्कलन गर्नुपर्ने हुन्छ ।