रामेछाप । पहिला चरणमा रामेछापमा एक हजार ९२ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य निरिक्षक भुवन थापका अनुसार ७ सय ५३ जना महिला र ३ सय ३९ जना पुरुषले कोरोना बिरुद्धको खोप लगाएका हुन् । रामेछापमा २०७७ माघ १० गते देखि कोरोना बिरुद्धको खोप लगाउन सुरु गरिएको थियो ।
रामेछाप लागी बागमती प्रदेश सरकारले पहिलो चरणको लागी १५९ भाइल खोप पठाएको थियो । जस मध्ये अव रामेछापमा ४९ भाइल खोप बचेको जनस्वास्थ्य निरिक्षक थापाले जनाकारी दिनु भयो । पहिलो चरणमा फ्रन्टलाईनमा बसेर काम गर्ने लाई लगाइएको थियो ।
रामेछाप जिल्लामा ३ सय ३५ जना स्वास्थ्यकर्मि, ८९ जना सरसफाईमा काम गर्ने कर्मचारी, १३ जना एम्बुलेन्स चालक, ९ जना सुरक्षाकर्मि तथा स्वयम सेवक, २५ जना शव ब्यवस्थापनमा खटिने सुरक्षा कर्मि र कर्मचारी, ४५३ जना स्वास्थ्य स्वायमसेबिका, र एक सय ३६ जना कैदिबन्दी तथा कारघारका कर्मचारी र ३२ जना सहयोगि कर्मचारीलाई कोरोना बिरुद्धको खोप लाइएको हो । रामेछापमा दोस्रो चरणको खोप फागुनको पहिलो हप्ताबाट लगाइने समेत थापाले जनाकारी दिनु भयो । रामेछापमा २३ सय १४ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गर्दा २ सय २० जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।