ताजा समाचार


सोनाम ल्होछारमा रामेछापका तिन वटा स्थानिय तहमा सार्वजनिक बिदा

 नेपाल बाहक    २७ माघ २०७७, मंगलवार १८:२८     471 जनाले पढ़िसके

रामेछाप । रामेछापका ३ वटा स्थानिय तहले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने भएका छन् । जिल्लाका खाडादेबि गाउँपालिका, सुनपाती गाउँपालीका र दोरम्बा गाउँपालिकाले सार्वजनिक बिदा दिने भएका हुन् ।
तामाङ जातिहरुको विशेष चाड २८५७ औं सोनाम ल्होछार पर्व ३ दिन सार्वजनिक बिदा दिने निर्णंय भएको सम्बन्धीत पालीकाले जनाएका छन् । तामाङ जातिको बाहुल्य क्षेत्र भएकाले आउँदो माघ ३० गते सोनाम ल्होछार मनाउनका लागि भन्दै गाउँपालिकाले माघ २९ देखि फागुन १ गतेसम्मका लागि सार्वजनिक बिदा दिइए हो ।
यसैगरी रामेछापकै खाँडादेवी र दोरम्बा गाउँपालिकाले पनि सोनाम ल्होछार पर्व मनाउनका लागि २ दिन विदा दिने निर्णय गरेको छ । आउँदो माघ ३० गते र फागुन १ गते विदा दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ । विदाको दिन गाउँपालिकाको कार्यालय तथा मातहतका कार्यालयहरु र विद्यालयहरुमा सार्वजनिक बिदा दिइएको हो ।