रामेछाप । कर्मचारी भर्ना तथा नियुक्तिका बिषयमा बिभिन्न समयमा बिबादित बन्दै आएको रामेछाप नगरपालिका फेरी बिबादमा फसेको छ । रामेछाप नगरपालीका वडा नं ३ साघुँटारमा रहको कालिका इश्वरी आधरभुत बिद्यालयमा शिक्षक भर्ना गर्ने क्रममा पुन : बिवादमा तानिएको हो ।
शिक्षक नियुक्तिका लागि विज्ञ छनौट गर्ने क्रममा आफुले चाहेको विज्ञ छनौट गर्न विद्यालय प्रशासन र नगरपालिकाको शिक्षा शाखाले गरेको सेटिङ सहित प्रमाण बिहिबार पत्रकार सम्मेलन गरी जानकरी गराइएको हो ।
विद्यालयका प्रधानाध्यापक र शिक्षा शाखाको पुर्ण सेटिङमा विज्ञ छनौट गरी त्यहि विज्ञ मार्फत शिक्षक नियुक्ति गर्ने योजना पर्दाफास भएको हो । विद्यालयमा शिक्षक नियुक्तिका लागि ६ जना विज्ञबाट एक जना छनौट गर्नुपर्ने थियो । तर गोला प्रथाबाट गरिएको विज्ञ छनौटमा सवै गोलामा एउटैको नाम लेखिएको हर्कत फेला परेपछि विद्यालयमा शिक्षक नियुक्तिनै थप बिवादमा परेको छ ।
समृद्ध नगरपालिका बनाउनका लागि आघि सारिएका योजना तथा कार्यक्रममा नगरपालिकाकै जिम्वेवार शाखा तथा व्यक्तिबाटै यस्ता हर्कतहरु हुन थालेपछि नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुलाई चिन्तित बनाएको छ । नगरपालिका भित्र हुने यस्ता हर्कतलाई नगरपालिका वडा नं ५ का वडा अध्यक्ष भिम बहादुर तमाङले नाङ्गो नाचको संज्ञा दिनु भएको छ ।
आवश्यक योग्यतालाई लत्याएर आफुले चाहेको व्यक्तिलाई शिक्षक बनाउने हर्कत खुलासा भएपछि संलग्नलाई नगरपालिकाले विभागिय कारवाही गर्ने भएको छ । नेतृत्वलाई असफल बनाउनका लागि षड्यन्त्र बनाएको हुनसक्ने नगरपालिकाले आशंका समेत गरेको छ ।