रामेछाप । रामेछापमा आइतबारबाट कोरोना बिरुद्धको दोस्रो खोप अभियान सुरु भएको छ । स्वास्थ्य कार्यलय रामेछापमा अनुसार पहिलो दिन आइतबार ४९ जना र सोमबार दोस्रो दिन ८९ जनाले खोप लगाएका छन् । दोस्रो चरणमा रामेछापमा दुई हजार चार सय ९० जना नागरीकलाई खोप लगाइने स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य निरिक्षक भुवन थापाले जानकारी दिनु भयो । जसको लागि बागमति प्रदेश सरकारबाट २ सय भाइल खोप प्राप्त भएको छ । दोस्रो चरणको खोप अभियान फागुन ८ गते सम्म जारी रहने थापाले बताउनु भयो ।
दोश्रो चरणको खोप अभियान अन्तरगत जिल्लाका आठ वटै स्थानीय तहका जनप्रतिनिधिहरु, जिल्लाका सबै सरकारी कार्यालयका प्रमुख र कर्मचारीहरु, नेपाल प्रहरीहरु, शसस्त्र प्रहरीहरु र बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु र विभिन्न सामाजिक संघसंस्थामा कार्यरत कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्रकुमार कर्णले जनाकारी दिनु भयो ।
पहिला चरणमा रामेछापमा एक हजार ९२ जनाले कोरोना बिरुद्धको खोप लगाएका थिए । पहिलो चरणमा ७ सय ५३ जना महिला र ३ सय ३९ जना पुरुषले कोरोना बिरुद्धको खोप लगाएका थिए । रामेछापमा २०७७ माघ १० गते देखि कोरोना बिरुद्धको खोप लगाउन सुरु गरिएको थियो । पिसिआर बिधिबाट कोरोना परिक्षण गर्दा २ सय २० जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।