रामेछाप । नेपाली काग्रेसका नेता शिब हुमागाईले प्रधानमन्त्री केपि शर्मा ओलिले देशलाई ध्वस्त गर्न लागेको आरोप लगाउनु भएको छ । सोमबार नेपाली काग्रेस रामेछापले मन्थलीमा आयोजना गरेको विरोध र्याली तथा सभा संम्बोदन गदैँ यस्तो बताउनु भएको हो । संबिधानमा हुदैँ नभएको अधिकार प्रयोग गरेर संबिधान विघटन गरेर देशलाई ध्वस्त बनाउन लागेको अरोप लगाउनु भएको हो ।
सोमबार नेपाली काग्रेस रामेछाले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमका विरुद्ध सदरमुकाम मन्थलीमा विरोध र्याली तथा सभा आयोजना गरेको थियो । कांग्रेस रामेछापका पूर्व सभापति रामचन्द्र खड्काले ओली नेतृत्वको र प्रचण्ड नेपाल नेतृत्वको दुवै नेकपा मुलुकलाई थप वर्वादीतिर धकेल्न उद्धत भएको बताउनुभयो । जिल्ला सभापति लवश्री न्योपानेले अव प्रधानमन्त्री केपी शर्मा ओलीको दिन सकिएको बताउनुभयो । यसअघिको विरोध र्याली कार्यक्रममा सहभागि कांग्रेसका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको कदमका विरुद्धमा विभिन्न नारावाजी गरेका थिए ।