रामेछाप । निर्वाचन आचारसंहितको बारेमा रामेछापमा छलफल भएको छ । बिहिबार मन्थलीमा अन्तरक्रिय कार्यक्रमको आयोजना गरी सरोकारवाल संग छलफल गरिएको हो । कार्यत्रलमा राजनीतिक दल , सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि र पत्रकारहरुसङ्ग जिल्ला निर्वाचन कार्यालयले सुझाव लिएको हो ।
कार्यक्रमा निर्वाचन आचारसंहितामा सञ्चारमाध्ययमहरुले प्रचार प्रसार गर्न पाउने समयावधि निकै कम भएकाले समयावधि बढाउन पत्रकारहरुले सुझाव दिएका थिए भने रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले निर्वाचन आचारसंहिता निर्माण भन्दा त्यसको कार्यान्वयमा जोड दिनु पर्ने बताउनु भएको थियो । निर्वाचन आयोगले बनाएको आचारसंहितामाथि आएका सुझावहरुलाई सम्बिन्धत ठाउँमा पठाएर आवश्यक परामर्ष गरि कार्यान्वयमा सहजता ल्याउन भूमिका खेल्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताउनु भएको थियो । जिल्ला निर्वाचन अधिकारी शम्भु कुमार कटुवालले निर्वाचन अचारसंहितामाथि आएका सुझावहरुलाई निर्वाचन आयोगमा पठाएर थप ब्यवस्थीत बनाउन लागि पर्ने बताउनुभयो ।