ताजा समाचार

बिद्यार्थि लिएर मन्थली आउदैँ गरेको बस दुर्घटना हुदाँ १० जना घाइते

 नेपाल बाहक    ७ फाल्गुन २०७७, शुक्रबार १०:१७     313 जनाले पढ़िसके

रामेछाप । रामेछापको मन्थली नगरपालिकाको मच्छेडाडीमा शुक्रबार बिहान भएको बस दुर्घटनामा परी १० जना घाइते भएका छन् । मन्थली नगरपालिका ४ सालुमा रहेको सेती देवी माध्यममिक विद्यालयका स्काटउट विद्यार्थी लिएर आउँदै गरेको बा ५ ख २८५७ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक श्री शंकर श्रेष्ठले जानकारी दिनिुभयो । घाइतेहरुको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि मन्थलीस्थित तामाकोशी अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक श्री शंकर श्रेष्ठले बताउनुभयो । सूचना अधिकारी श्रेष्ठका अनुसार गाडीमा सवार ५३ जना रहेका थिए । प्राप्त जानकारी अुनसार गाडीमा सवार अन्य सकुशल रहेको उहाँले बताउनुभयो । आजदेखि मन्थलीमा सुरु हुन लागेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहाभागिताका लागि खेलाडी सहित विद्यार्थीहरु बोकेर आउँदै गरेको बस तिब्र गतिका कारण दुर्घटना भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । गाडी सडकमै पल्टिएका उहाँले बताउनुभयो । चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।