ताजा समाचार


प्रजातन्त्र दिवसको अवसरमा रामेछाप कारागारका १३ कैदीँबन्दीको कैद मिनाहा

 नेपाल बाहक    ७ फाल्गुन २०७७, शुक्रबार १३:०१     411 जनाले पढ़िसके

रामेछाप । प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागारमा कैदि भुक्तान गरिरहेका १३ जनाको कैद मिनाह गरीएको छ । राष्ट्रिय प्रजातन्त्रको अवसरमा ५० प्रतिशत कैद भुक्तान गरिका र राम्रो चालचनल भएका १३ कैदिको कैद मिनाह गरीएको जिल्ला कारागार रामेछापले जनाएको छ ।
रामेछाप कारागारमा रही कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका १३ जना कैदी बन्दीहरुको बाँकी कैद अवधि मिनाहा दिन कारागार कार्यालय रामेछापले गरेको सिफारिसको आधारमा कैदीबन्दीहरुले मिनाहा पाएका र उनीहरु कैद मुक्त भएका
जिल्ला कारागार रामेछापका जेलर रामकृष्ण घिमिरेका अनुसार कैद मिनाहा हुनेमा कर्तव्य ज्यान मुद्धा, सवारी ज्यान मुद्धा, लागु औषध मुद्धामा परेका र एक जना ६६ वर्षिय जेष्ठ नागरिक सहित १३ जनाको कैदि मिनाह भएको हो ।