ताजा समाचार


रामेछापको उमाकुण्ड गाउँपालिकामा चट्याङले लागेर चार वर्षीया बालिका घाइते

 नेपाल बाहक    ८ फाल्गुन २०७७, शनिबार १६:३३     384 जनाले पढ़िसके

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा शुक्रबार साँझ परेको चट्याङले लागेर एक बालिका घाइते भएकी छिन् । चट्याङ लागेर घाइते हुनेमा उमाकुण्ड गाउँपालिका वडा नं. ७ फास्टु बस्ने अम्बर बहादुर खड्काको ४ वर्षीया छोरी स्वस्तिका खड्का रहेकी छिन् । आफ्नै घरभित्र बसिरहेको अवस्थामा शुक्रबार साँझ करिब साँढे छ बजेको समयमा अकास्मात रुपमा परेको चट्याङले लागेर घाइते भएकी बालिका खड्कालाई स्वास्थ्यचौकी भुजी रामेछापमा सामान्य उपचारपछि थप उपचारका लागि आज बिहान यही तामाकोशी अस्पताल मन्थीलीमा ल्याइ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो । सूचना अधिकारी श्रेष्ठका अनुसार घाइते बालिकाको बाँया आँखा, निधारमा सामान्य चोट लागेको छ भने केही मात्रमा कपाल पनि जलेको छ । अहिले उनको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । भुकम्पपछि बनेको भुकम्प प्रतिरोधी घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।