ताजा समाचार


मन्थलीमा मिनिट्रिफर दुर्घटनाहुदाँ चालक घाइते

 नेपाल बाहक    १७ फाल्गुन २०७७, सोमबार १८:१९     339 जनाले पढ़िसके

रामेछाप । मन्थली नगरपालिकाको कुरौनीमा मिनिट्रिफर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । बालुवा लिएर मन्थली आउँदै गरेको मिनिट्रिफर कुरौनीमा दुर्घटना भएको रामेछाप प्रहरी प्रवक्ता श्री शंकर श्रेष्ठले जानकारी दिनु भयो ।
बा ३ ख ५६६७ नम्बरको ट्रिफर सडकबाट झण्डै ३५ मिटर तल खसेको थियो । दुर्घटनामा परी सोहि ट्रिफरका चालक ३१ बर्षका टेक बहादुर श्रेष्ठ घाइते भएका छन् । उनलाई टाउको र हातमा चोट लागेको रामेछाप प्रहरी प्रवक्ता श्रेष्ठले जनाकारी दिनु भयो ।