ताजा समाचार


दुर्घटना कम गर्न रामेछापमा सवारी चालकले अनिबार्य जुत्ता लगाउनु पर्ने

 नेपाल बाहक    १८ फाल्गुन २०७७, मंगलवार १६:२७     279 जनाले पढ़िसके

मेछाप । दुर्घटना न्युनिकरण गर्न जिल्ला ट्रफिक प्रहरी कार्यलय रामेछाप नयाँ नियम लागु गरेको छ । मंगलबारबाट रामेछापमा गुड्ने सवारी तथा ढुवानी साधनका चालकले अनिवार्य रुपमा जुत्ता लगाएर मात्रै ड्राइभिङ गर्नु पर्ने नियम ल्याएको हो ।
चप्पल लगाएर ड्राइभिङ गर्दा दुर्घटनाको जोखिम बढेको कारण यस्तो नियम ल्याएको जिल्ला ट्रफिक कार्यलय रामेछापमा प्रमुख तथा प्रहरी सहायक निरिक्षक रामेश्वर पाण्डेले जनाकारी दिनु भयो ।
चालकले चप्पल लगाएर ड्राइभिङ गर्दा पसीनाले खुट्टा चिप्लने,भनेको ठाउँमा ब्रेक नलाग्ने , ब्रेक लगाउन खोज्दा चप्पल अड्कीने जस्ता समस्याका कारण दुर्घटना बढेको प्रमुख पाण्डेको भनाई थियो ।
यो नियम लागु भए संगै अब देखि जिल्लामा सन्चालन हुने बस , सुमो , माइक्रोबस , टिफर , ट्रक , ट्याक्टर , अटो लगायतका साधनका चालकले ड्राइभिङ गर्दा अनिवार्य रुपमा जुत्ता लगाउनु भएको छ ।