रामेछाप । माझी समुदायले मङ्गलवार लदी पूजा मनाएका छन् । लदि पूजा माझी समुदायले प्रत्येक फागुन महिनाको तेस्रो मङ्गलवार मनाउने गर्दछन् । रामेछापका माझी समुदायले मन्थली नगरपालिका ८ को गाइखुरामा तामाकोसी किनारमा मसान, मङ्गलादेवी र जलदेवीका नाममा पाठी, कुखुराको वली चढाएर लदि पूजा अर्थात् कोसी पूजा गरेको हुन् ।
माझी समुदायले लदि पुजा लाई महत्वका साथ मनाउने गर्दछन् । लदी पूजा गर्नाले माझी समुदायको पुर्ख्यौली पेसा नदीमा डुङा ९नाउ० चलाउँदा र माछा मार्दा कुनै पनि जोखिम आउँदैन भन्ने उनीहरूको विश्वास छ रहेको स्थानीय हरि बहादुर माझीले बताउनु भयो । उहाँका अनुसार नदीमा पौडी खेल्दा बगाउँदैन भन्ने समेत मान्यता रहेको छ ।
बर्खाको समयमा नदीले विभिन्न ठाउँमा मानवीय, भौतिक र आर्थिक क्षति पु¥याइरहेको छ । त्यस्ता किसिमका कुनै पनि क्षति नहोस् भनेर नदीको पूजा गरिँदै आएको गाइखुरा माझी समुदायका पूजारी समेत रहेका सेते माझीले बताउनुभयो ।
केही वर्ष अघिसम्म फरक–फरक समयमा नदीको पूजा गर्दै आएका माझी समुदायहरू पछिल्लो समय एकै दिन नदीको पूजा गर्न थालिसकेका छन् । लदि पुजाको अवसरमा मौलिक पोसाक गुनिउचोलि र दौरा सुरुवालमा सजिएर माझीहरूले मुन अर्थात् जाँड खाएर नाचगान समेत गरेका थिए ।
आजदेखि सुरु भएको माझी समुदायको लदी पूजा भोलि बाधा फुकाएसँगै विधिवत् रूपमा अन्त्य हुनेछ ।