ताजा समाचार


लक्षित समुदायसम्म सेवा पुर्याउन स्थानीयको माग

 नेपाल बाहक    २२ फाल्गुन २०७७, शनिबार ११:१०     287 जनाले पढ़िसके

रामेछाप । खाँडादेवी गाउँपालिका सर्वसाधारले सकारी सेवा र अनुदानलाई लक्षित समुदायससम्म पुर्याउन माग गरेका छन् । किसानका लागि छुट्याइएका अनुदान कार्यक्रम अझै पनि बास्तविक किसानसम्म नपुगेको उहाँहरुको गुनासो छ ।

इन्सेकको आयोजनामा शुक्रबार भएको खाद्य अधिकार सम्बन्धि छलफल कार्यक्रमका सहभागिले सरकारी अनुदान आएको वास्तविक किसानले थाहा नै नपाउने गुनासो गर्नुभयो । सिमित टाठाबाठाले कागज मिलाएर अनुदान लिने तर काम नगर्ने देखिएको उहाँहरुको गुनासो छ ।

खाँडादेवी गाउँपालिका–६ का वडाध्यक्ष पुष्कर कार्कीले अनुदान लिएर काम नगर्नेलाई कालो सूचीमा राखी अन्य सरकारी सेवा लिन रोक लगाउने गरी गाउँपालिका अघि बढ्न लागेको बताउनुभयो ।

गाउँपालिकाको कृषी शाखाकी अधिकृत अस्मिता चापागाईँ विगतका अनुभवले यो समस्या देखाएको बताउनुभयो । त्यसैले यस वर्षबाट किसान र सरकारको साझेदारीमा कार्यक्रम सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

यसलाई रोक्नको लागि वडा कार्यालय, गाउँपालिका र प्रदेश सरकार बीच सहकार्य गरी अघि बढ्नु पर्ने पशु सेवा शाखाकी डा। रमिता लामाले ले बताउनुभयो ।

कार्यक्रममा स्थानीयले विद्यालयमा खेल मैदान सहितको उचित भौतिक पूर्वाधार व्यवस्था गर्नुपर्ने, स्वास्थ्य सेवालाई प्रभावकारी बनाइ व्यवस्थित गाउँघर क्लिनिक सञ्चालन गर्नुपर्ने, कृषिका प्राविधिक किसानकोमा पुग्ने व्यवस्था मिलाउनु पर्ने, जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन स्वास्थ्य संस्थासम्म ल्याउने लैजाने व्यवस्था मिलाउनु पर्ने सुझाव दिएका थिए ।